आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भुभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही स्थानमा तुँवालो र पहाडी तथा हिमाली भेगमा आंशिक बादल लागेको छ । काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा पनि सामान्य कुहिरो र हुस्सु लाग्ने सम्भावना छ ।

पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । तराईमा हुस्सु र तुँवालोका कारण सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भू–भागमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x