आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

आज प्रणय दिवस : साढे चार लाख गुलाफ फूलको कारोबार हुने अनुमान

काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

पश्चिमी देशहरुमा मनाउने गरिएको प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले शहरबजारमा मात्रै नभएर गाउँघरमा पनि प्रणय दिवसको चर्चा हुन थालेको छ ।

आजको दिन रातो गुलाफ र विभिन्न उपहार आदानप्रदान गरिने भएकाले ती बस्तुको कारोबार उच्च हुन्छ । भ्यालेन्टाइन डे को शुरूआत सन् २६९ मा इटालीको रोमनबाट प्रारम्भ भएको मानिन्छ । प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।

सप्ताहभर मनाउने यो दिवसको अवसरमा नेपालमा झन्डै साढे चार लाख स्टिक गुलाफ फूलको कारोबार हुने व्यवसायीको अनुमान छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार मागको ३० प्रतिशत मात्रै स्वदेशी उत्पादन छ । अरु ७० प्रतिशत आयातमा निर्भर छ । अपुग गुलाफ भारतबाट आयात हुने गरेको फ्यानका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x