बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

पशुपतिक्षेत्रमा ३२ सय प्रहरी परिचालन

काठमाडौँ । महाशिवरात्रि मनाउन पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापन र शान्ति सुरक्षाका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ ।

ट्राफिक प्रहरीले पशुपतिनाथ क्षेत्रमा प्रमुख सडकमा विहानै देखि डाइभर्सन गरेको छ ।

दर्शनार्थीले तोकिएका स्थानमा पार्किङ गर्नुपर्ने र त्यसका लागि ड्युटीमा खटिएका ट्राफिकले आवश्यक सहजीकरण गर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

शिवरात्रि मनाउन आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।

भारतसहित देशका विभिन्न स्थानबाट साधु, सन्त, महन्त तथा नाङ्गा बाबा आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x