आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

हाम्रो पार्टी पहिलो बन्ने रिपोर्ट देशभरबाट आइरहेको छ : अग्नि सापकोटा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशभरबाट आएको रिर्पोटको आधारमा आफ्नो पार्टी निर्वाचनबाट पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरू पुगेको बताए ।

‘आज बिहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरबाट,’ सापकोटाले भने ।निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x