शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाई

काठमाडौं। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।

साधुसन्तलाई मंगलवार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाई गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले नै गरेको थियो । कोषले साधुसन्तहरुको वर्गीकरण गर्दै त्यहीअनुसार दक्षिणा दिँदै आएको छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सयासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । गुठी संस्थानको पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले साधुसन्तहरुको मुखियाले भनेअनुसार बाबाहरुको वर्गीकरण गरेर दशिक्षा दिइएको बताइन् ।

उनका अनुसार महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण आँैसीका दिन दक्षिणासहित बिदाई गर्ने प्राचीन परम्परा रहेको छ । साधुसन्त बिदाईकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाई गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x