विशेष अदालतलद्वारा विकल पौडेलविरुद्ध मुद्दामा प्रमाण कागज झिकाउने आदेश
काठमाडौं। विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर मुद्दामा प्रमाण कागज झिकाउने आदेश गरेको छ ।
मंगलबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाणका कागजात झिकाउन आदेश गरेको हो ।पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।अख्तियारले पौडेलसहित उनकी पत्नी एलिना बस्नेत, बाबु धर्मप्रसाद र आमा शितललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इञ्जिनियरको रूपमा समेत कार्यरत थिए । अख्तियारले पौडेलले आपूर्तिकर्ताबाट लिएको कमिसनबापतको रकम परिवारका सदस्य र विभिन्न व्यक्तिको नाममा परिचालन गरेको दाबी गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE