शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
काठमाडौं। शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७५ अङ्कले घटेर २ हजार ६ सय ४२ दशमलव १५ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ११ प्रतिशतले ओरालो लागेको छ । आज २१४ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार ओरालो लागेको दिन सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ ।आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीको २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE