सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा आज हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि बिहानैदेखि तराइका केही ठाउँमा तुवाँलो लागेको छ । आज दिउँसोसम्म नै तराइका केही ठाउँमा हुस्सु र कुहिरो कायमै रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली भई बाँकी भागमा सफा रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुने सम्भावना छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x