पैदलयात्रुलाई हातपात गर्ने कारका चालक पक्राउ : ७ दिन म्याद थप
काठमाडौं । प्रहरीले एक जना पैदलयात्रुलाई हातपात गरेको आरोपमा कार चालकलाई काठमाण्डौबाट पक्राउ गरेको छ । सामाजिक सञ्जालमा हातपात गरेको भिडियो भाइरल भएपछि प्रहरीले कारका चालकको खोजी अभियान थालेको थियो ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पैदलयात्रुलाई सडकमै कुटपिट गर्ने व्यक्ति बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षका पारस बम रहेका र उनलाई समातेको बताए । बमलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौलाई बुझाइएको उनले बताएका छन् ।
काठमाण्डौको नारायणगोपाल चोकमा गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई बलले हातपात गरेको भिडियोमा समेत देखिन्छ । नारायणगोपाल चोक सडकखण्डमा बा ३ च ११०३ नम्बरको निजी कार चालकले सार्वजनिक ठाउँमा पैदलयात्रीलाई हातपात तथा दुर्व्यव्यवहार गरेको देखिएको थियो ।
उनलाई हिजै काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाण्डौ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE