आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बिहान ठक्कर दिएको र स्कुटरका चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्कुटर पछाडी बसेका एक जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छैन । स्कुटरलाई ठक्कर दिएको टिपरमा स्थानीय बासिन्दाले आगजनी गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x