३० आश्विन २०८३, शुक्रबार

भोजपुरमा निर्वाचनको सुरक्षा गस्तीका लागि हिँडेको नेपाली सेना सवार बस दुर्घटना

0
Shares


काठमाडौं । भोजपुरमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ ।

सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि हिँडेको २४ जना सेना सवार बस भोजपुर नगरपालिका ३ को सेती बगरनजिक सडकबाट खसेको हो ।

ना ४ ख ७३१७ नम्बरको उक्त यात्रु बस सेतीबगरनजिक मोडबाट तल खस्दा घाइते भएका ११ जना सैनिकको उद्धार गरिएको जनाइएकाे छ।