पूर्वराजा शाहको राष्ट्रिय सहमतिपछि मात्र चुनावमा जान प्रस्ताव
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय सहमतिपछि मात्र चुनावमा जान प्रस्ताव गरेका छन् ।
पूर्वराजा शाहले ७६औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशमार्फत असहमति बोकेर चुनावमा नजान आग्रह गरेका हुन् । उनले देश अस्थिरताको भूमरीमा परेको र देशको अस्मिता संकटमा परेको भन्दै गणतन्त्रले देश र देशबासीले के पाए भनेर हिसाब गर्ने समय आएको बताए । देश इतिहासकै दर्दनाक स्थितिमा आइपुगेको भन्दै एक नेपालीले अर्कोमाथि इस्या र घृणा गर्ने, एकले अर्कोलाई बैरी ठान्ने प्रवृत्तिको विकास भएको बताए ।
पूर्वराजाले आपसी सदभाव फर्काउनु आवश्यक रहेको भन्दै प्रजातन्त्रमा राज्यव्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरुप चल्नु उपयुक्त हुने बताए । वर्तमान समयमा अधिकार मात्र खोज्ने कर्तव्य बिर्सने प्रवृत्ति बढेको अवस्थामा आलोपालो मिलाएर खाउँ भन्ने होइन मिलेर काम गर्ने समझदारी आवश्यक रहेको उनको भनाइ छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE