सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

फागुन ७ को क्रान्ति नै सङ्घीयता र गणतन्त्रको जननी : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २००७ सालको ऐतिहासिक जन–क्रान्ति नै नेपालमा भएका पछिल्ला सबै राजनीतिक परिवर्तनको जननी भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ गतेले नै १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी आधुनिक इतिहासको जग बसालेको उल्लेख गरेका हुन् । थापाले २००७ सालको क्रान्ति केवल राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अग्रगामी मार्ग प्रशस्त गर्ने साहसी कदम भएको दाबी गरे। उनका अनुसार प्रजातन्त्रले नै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको बलियो आधार निर्माण गरेको हो। २०४६ सालको परिवर्तन र २०६२÷६३ को आन्दोलन हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नुको मुख्य ऊर्जा फागुन ७ को क्रान्ति नै रहेको थापाको तर्क छ।

मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपाललाई डो¥याउने यस दिनले राष्ट्रिय स्वाधीनताको लडाइँमा ठुलो महत्त्व राख्ने उनले बताए।सभापति थापाले लोकतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै संविधानको संरक्षण र सङ्घीयताको स्थायित्व नै उनीहरू प्रतिको सच्चा सम्मान हुने उल्लेख गरे। नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रूपान्तरण गर्न सके मात्र शहीदहरूको सपना साकार हुने उनको विश्वास छ। थापाले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गर्ने ज्ञात–अज्ञात सपूतहरूको त्याग र साहसको उच्च सम्मान गर्दै सबै नेपालीमा प्रजातन्त्र दिवसको मंगलमय शुभकामना व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x