काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा, बाहिर व्यायाम वा मोर्निङ वाक नगर्न सुझाव
काठमाडौं । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको छ । वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ ।
यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । ० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ ।
त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।काठमाडौँको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ ।
काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मोर्निङ वाक नगर्न सुझाव दिइएको छ ।
त्यस्तै, झ्याल ढोका बन्दा राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ । यसको साथै, बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव छ।
विश्वको सबैभन्दा प्रदूषित सहरको यो सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ हावको गुणस्तर ४१२ एक्यूआई रहेको छ । यसलाई निकै खतरनाक मानिन्छ ।
त्यस्तै, दोस्रो स्थानमा बंगलादेशको ढाका, तेस्रो स्थानमा भारतको नयाँ दिल्ली र चौथो स्थानमा भारतकै कोलकाता रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE