आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

काठमाण्डौका विभिन्न ठाउँमा आज बिजुली कटौती हुने

काठमाडौं । काठमाण्डौका विभिन्न ठाउँमा आज केही समय बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणका अनुसार तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थित गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागिएको हो । प्राधिकरणले तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाला र विमानस्थल आसपासका क्षेत्रमा दिउँसो ११ बजेदेखि साढे १२ सम्म बिजुली बन्द हुने जनाएको छ ।

यस्तै, तिनकुने, गैरीगाँउ, सिनामङ्गल र विमानस्थल क्षेत्र अन्तरगतका सबै क्षेत्रमा दिउँसो १ बजेदेखि साढे २ बजेसम्म बिजुली बन्द हुनेछ । यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ ।

काठमाण्डौ उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य भइरहेको र यो कार्य सम्पन्न गर्नका लागि बिहान १० बजेदेखि २ बजेसम्म बिजुली बन्द हुने जनाएको छ । प्राधिकरणका अनुसार, बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासीलगायतका क्षेत्रमा पनि बिजुली नआउने जनाएको छ । वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अर्पाटमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा पनि दिउँसो १२ बजेदेखि २ बजेसम्म बिजुली बन्द हुने प्राधिकरणले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x