बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाईंदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ ।

यो दिवसको माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षणको प्रयास गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

बहुभाषिक देश नेपालमा २०७८ को जनगणना अनुसार एक सय २४ भन्दा धेरै मातृभाषाहरू बोलिन्छन् । राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन ९युनेस्को० ले अनुमोदन गरेसँगै यो दिवस विश्वका विभिन्न देशमा मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x