आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

 कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएन

काठमाडौं ।  कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिन सकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट  कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको जनाइएको छ ।

केहीबेर अघि मात्रै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ । हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त रहेको जनाइएको छ ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि तनाव सुरु भएको हो । मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बिहेको अबसरमा बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो । विवादले गौरको वडा नम्बर ४, ५ र ६ मा झडप समेत भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएका थिए । केही व्यक्ति सामान्य घाइतेसमेत भएको प्रहरीले जनाएको छ ।

थप हिंसा फैलनेसक्ने देखेपछि जिल्ला प्रशासनले शनिबार दिउँसो १ बजेबाट कफ्र्यू आदेश जारी गरेको थियो । प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा  कर्फ्यू जारी गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x