आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

बालेनलाई गगनको कटाक्ष- रुखमा झुन्ड्याएर सडक छिटो बन्दैन, कांग्रेससँग स्पष्ट योजना छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीरास्व पा का वरिष्ठ नेता बालेन्द्र शाह बालेन लाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् ।

विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए । ‘यस्तो बहस छाडेर अहिले काम नगरे रुखमा झुन्ड्याइदिन्छु हामीले सुनेका भाषा अथवा सोचहरू सुनिन्छन्,’ सर्लाहीमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने ।केही दिनअघि रास्वपाले सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै २ वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको बताउँदै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए ।

सँगै समयमा काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्ति दिएका थिए ।त्यसको प्रतिवादमा कांग्रेस सभापति थापाले यस्तो बताएका हुन् । सबैलाई फटाहा भनेर आफ्नो हातमा चाबुक छ भन्दै तर्साएर मात्रै विकासले गति नसमात्ने उनले बताए । ‘यस्तो चिन्तनले सुधार गर्छु भन्यो भने पनि दुर्घटना हुन्छ,’ उनले अगाडि भने ।देशलाई सुधार, सुशासन, विकास चाहिएको बताउँदै उनले त्यो विधिको मूल्यमा नभएको बताए । उनले अगाडि भने, ‘त्यो लोकतन्त्रको मूल्यमा होइन । यो लहडमा हुने होइन, सुधार भन्ने कुरा महँगो हुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x