३० आश्विन २०८३, शुक्रबार

काठमाडौंको तारकेश्वरमा एक घरभित्र चितुवा पस्दा दुई जना घाइते

0
Shares


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।

आज दिउसो एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो ।

दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ ।

महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ ।