शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय ९७ रुपैयाँ निर्धारण भएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्वदेशी बजारमा पनि परेको महासंघले जनाएको छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x