शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

पूर्वी मलेसियामा शक्तिशाली भूकम्प

काठमाडौं ।मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७।१ म्याग्नेच्युटको भूकम्प गएको छ ।

अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ झन्डै एक सय किलोमिटर टाढा र ६१९।८ किलोमिटर गहिराइमा रहेको छ । भूकम्प राति १२ बजेर ५७ मिनेटमा गएको र अमेरिकाको भूकम्प अध्ययन केन्द्रले यसबाट ठूलो क्षति नभएको जनाएको छ ।

अमेरिकाको सुनामी चेतावनी केन्द्रले पनि गहिराइको कारणले सुनामीको जोखिम नहुने जनाएको छ । मलेसियाको मौसम विज्ञान विभागले भूकम्पको तीव्रता ६।८ मापन गर्दै यसलाई नजिकबाट निगरानी गरिने जनाएको छ । सबाहको पश्चिमी तट र सरावाक राज्यका केही क्षेत्रमा पनि कम्पन महसुस भएको समाचारसंस्था एएफपीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x