बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

पेरुमा बाढीमा उद्धार गर्न गएको हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

काठमाडौं । पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका छन् । लेदोसहितको पहिरो र नदीमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको हुनाले यस क्षेत्रमा खोज र उद्धार कार्यलाई सहयोग गर्न हेलिकप्टर खटाइएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार बाढीले बगाउँदा एक वृद्धा महिलाको ज्यान गएको छ भने चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ ।

अरेक्विपा क्षेत्रमा बाढीका कारण घरहरू क्षतिग्रस्त हुँदा बस्न अयोग्य भएकाले स्थानीय अधिकारीहरूले सरकारसँग सहयोगका लागि अनुरोध गरेका खबरमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x