बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

‘फिफा सिरिज’ मा नेपालको महिला टोलीले पनि खेल्ने

काठमाण्डौ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले ‘फिफा सिरिज–२०२६’ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एउटा शृङ्खला खेल्नेछ ।

थाइल्यान्डमा हुने शृङ्खला आउँदो अप्रिलमा हुनेछ ।शृङ्खलामा थाइल्यान्ड, नेपाल र कङ्कोसहित अझै एउटा देशले खेल्नेछ । शृङ्खलामा खेल्ने चौथो टोलीको टुङ्गो लागिसकेको छैन । ओसियाना फुटबल कन्फेडरेसनबाट सहभागी हुने देशको टुङ्गो लाग्न बाँकि रहेको हो । नेपालले अप्रिल १२ मा कङ्गोसँग खेल्नेछ ।दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका छ ।

दोश्रो खेलमा कुन टोलीसँग खेल्ने भनेर पहिलो खेलको नजिताले निर्भर गर्नेछ ।पहिलो खेलमा पराजित हुने दुई टोली र जित्ने दुई टोली छुट्टाछुट्टै एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । फिफा सिरिजमा नेपाली पुरुष टोलीको भने कुनै खेल समावेश गरिएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x