काठमाडौं । इन्का चुरीफुरी टेली टेलि सिरियल प्रसारणमा आउने भएको छ ।
इन्का चुरीफुरी टेलि सिरियल बागमती टेलिभिजन एच डीमा साताको हरेक बुधबार बेलुका साढे ६ बजेदेखि सात बजेसम्म प्रसारणमा आउन लागेको हो ।
अनुपम धितालको निर्माण तथा आत्माराम धितालको कथा लेखनमा प्रसारण हुन लागेको इन्का चुरीफुरी टेलि सिरियलको निर्देशन आत्माराम धितालले गरेका छन् ।
बुधबारदेखि प्रसारणमा आउने टेली सिरियलमा देशको पछिल्लो समसामायिक राजनीतिक परिस्थितीलाई व्यंग्य गर्दै समाजमा सुशासन स्थापित गर्नका लागि योगदान दिनुपर्छ भन्ने विषयबस्तु समेटिएको छ ।
टेलि सिरियलको छायांकन तथा सम्पादन रामेस्वार जिरेलले गरेका छन् । इन्का चुरीफुरी टेलि सिरियलमा आत्माराम धिताल ,सबिना शँकर, रामेस्वर धिताल, सन्तोष आचार्य, शंकर तिवारी, कृष्ण केसी, रामशरण श्रेष्ठ ,गंगाराम घिमिरे, जमुना तिवारी, यामिनी अधिकारी, दिपक फुर्याल, ललिता न्यौपाने, लक्षु बोहोरा, मिरा धिताल लगाएतका कलाकार रहेका छन् ।
काठमाडौें तारकेश्वरको धिताल चोकमा छायांकन भइरहेको इन्का चुरीफुरी टेलि सिरियल बागमती टेलिभिजनमा फागुन १३ अर्थात आजदेखि प्रसारणमा आउन लागेको हो ।