ट्रम्पको बजेट भाषण डेमोक्रेट सांसदहरूद्वारा बहिष्कार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद ९कंग्रेस०मा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा सदनमा सांसदहरूका थुप्रै सिट खाली देखिएका छन्।
विरोधमा उत्रिएका अधिकांश डेमोक्रेट सांसदहरू सदनमा उपस्थित छैनन्। करिब ५० जना सांसदले ट्रम्पको सम्बोधन बहिष्कार गरेको खबर छ।
यसैबीच, ट्रम्पको सम्बोधन सुरू हुनुअघि टेक्सासका डेमोक्रेटिक सांसद अल ग्रीनलाई सदनबाट बाहिर निकालिएको छ।
ट्रम्प सदनमा प्रवेश गरेदेखि नै ग्रीनले एउटा प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका थिए। उनी अमेरिकामा अश्वेत नागरिकमाथि भइरहेको भेदभावको विरोध गरिरहेका थिए।
उनको यो विरोध ट्रम्पले सामाजिक सञ्जालमा सेयर गरेको एउटा नश्लवादी भिडियोसँग सम्बन्धित थियो। उक्त भिडियोमा अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामालाई ‘बाँदर’को रूपमा चित्रण गरिएको थियो।
सांसद ग्रीनलाई गत वर्ष पनि ट्रम्पको भाषणमा बाधा पुर्याएको भन्दै सदनबाट बाहिर निकालिएको थियो।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE