शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

चुनावलाई ध्यानमा राखेर खाना पकाउने ग्यासको आयात बढाएको निगमको दाबी

काठमाडौं । चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ ।

बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताएका छन् । उनकाअनुसार हिजो यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ ।

हिजो एकै दिन एक सय ३८ बुलेट ग्यास लोड भएको निगमका कार्यकारी निर्देशक भट्टले जानकारी दिए । बजारमा अहिले पनि खाना पकाउने ग्यास सहज पाउन नसकेको उपभोक्ताको गुनासो छ । तर निगमले बाहिर आएजस्तो कुनै अभाव र समस्या नरहेको साथै चुनावको अवधिमा पनि ग्यासको आपूर्ति नियमित नै हुने दाबी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x