सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका चुनावको बेला ३ दिन बन्द हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ ।

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नाका बन्द गर्ने निर्णय गरिएको हो । बैतडीको झन्डै ३१ किलोमिटर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अत्यावश्यक अवस्थामा भने दुवै देशबीचको आपसी समन्वयमा नाका खोल्न सकिने व्यवस्था छ ।

यस्तै, भारतसँग सीमा जोडिएको कञ्चनपुरका सवै सीमा नाका पनि यो अवधिमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द रहने जानकारी दिएका छन् ।

त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दमकल, ट्राफिक, दूरसञ्चार, अस्पताल सेवा, विद्युत् सेवा, शववाहन तथा कूटनीतिक नियोग र अनुमति प्राप्त गाडीबाहेक अन्य सबै गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x