शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

राष्ट्रिय लिगमा पुलिसले जनजागृतीलाई ७–० गोलले हरायो

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले सानदार जित निकालेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले जनजागृतीलाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो । पुलिसको यो दोस्रो जीत हो ।

यो जीतसँगै पुलिस ७ खेलमा ७ अङ्कसहित १०औं स्थानमा उक्लिएको छ । समान खेलमा कुनै पनि खेल जित्न नसकेको जनजागृती अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x