मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने
काठमाडौं । मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहज व्यवस्थापन गरिने भएको छ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा प्रयोजनले सीमा नाकाको आवागमन सोमबार ९फागुन १८ गते० मध्यरातदेखि बिहीबार ९फागुन २१ गते०सम्म बन्द गरिने भए पनि परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहजिकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
परिक्रमामा सहभागी भारतीय यात्रीलाई आउने मङ्गलबार ९फागुन १९ गते० मध्याह्नदेखि बुधबार मध्याह्नसम्म घर फर्कन सीमानाकामा खटिएका सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सीमानाका बन्द गरिने सो अवधिमा यात्रीलाई फर्कन ९भारततिर जान० मात्र सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । यसअघि निर्वाचनमा सुरक्षा प्रयोजनले सीमा नाका बन्द गरिएपछि भारतीय यात्री कसरी घर फर्कने भन्ने आम चिन्ता व्यक्त गरिएको थियो ।
“भारतीय यात्रीलाई घर फर्कन धनुषाका जयनगर र जटही तथा महोत्तरीका मटिहानी र भिठ्ठामोर मुख्य नाका हुन्, यी नाका भएर फर्कन सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ”, प्रजिअ यादवले भने, “यसका लागि महोत्तरी र धनुषा दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयको समन्वयमा व्यवस्था गरिएको छ ।”
यो १५ दिने परिक्रमाका यात्री अन्तिम दिनको रात्रिबासका लागि सोमबार जनकपुर पुग्नेछन् । मङ्गलबार बिहान जनकपुरधामको अन्तर्गृह ९पञ्चकोसी० परिक्रमा गरेपछि यात्रा सम्पन्न हुनेछ । यसरी मङ्गलबार मध्याह्नसम्म परिक्रमा सम्पन्न भएपछि बुधबार मध्याह्नसम्म भारतीय यात्रीलाई घर फर्कन सहजीकरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
परिक्रमा यात्रामा उल्लेख्य सङ्ख्यामा भारतीय साधुसन्त र सर्वसाधारण सहभागी छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE