बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने तरकारी रोक्ने घोषणा गरेका छन् ।चितवनको भरतपुरमा शुक्रबार आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन्न ।उनले चितवनको सम्भावना र विकासबारे धारणा राख्दै यहाँको पर्यटन प्रवर्द्धनबारे सिकाउन आवश्यक नरहेको उल्लेख गरे।

‘जसरी मेस्सी वा रोनाल्डोलाई फुटबल खेल्न सिकाउनुपर्दैन, त्यसैगरी चितवनबासीलाई पर्यटन सिकाउनुपर्दैन,’ उनले भने।यहाँका थारू समुदायले आफ्नै संस्कृतिमार्फत देश–विदेशमा पर्यटन प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै उनले थारू समुदायको अभ्यासले नै नेपाललाई पर्यटन सिकाइरहेको बताए।कृषि क्षेत्रका समस्याबारे बोल्दै साहले किसानले सडकमा दूध पोख्नुपर्ने र तरकारी फाल्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए।सीमित बिचौलिया र नेताहरूका कारण पारी ९भारत० बाट सस्तो तरकारी ल्याएर स्थानीय उत्पादनलाई महँगो देखाउने काम भइरहेको आरोप लगाउँदै उनले त्यसलाई रोक्न नीतिगत पहल आवश्यक रहेको बताए।नेपालमै उत्पादन हुने सस्तो बिजुलीको सदुपयोग गरेर सस्तो कोल्ड स्टोरेज निर्माण गर्न सकिए किसानले अर्को सिजन पनि तरकारी बेच्न सक्ने उनले बताए। ‘चितवनलाई तरकारी स्टोरेज हब बनाउन सकिन्छ,’ उनले भने, ‘देशभरको तरकारी चितवनमा ल्याएर राख्न सकिन्छ ।’बर्खामा उत्पादन भएको बिजुली खेर जाने उल्लेख गर्दै उनले त्यसलाई भण्डारण गर्न ब्याट्री, मल कारखाना र डाटा सेन्टर स्थापना गर्न सकिने धारणा राखे। यस्ता उद्योगमार्फत ऊर्जा व्यवस्थापनसँगै रोजगारी सिर्जना गर्न सकिने उनले बताए।

निर्वाचन अभियानका क्रममा ७–८ हजार किलोमिटर यात्रा गरेको स्मरण गर्दै उनले देशभरका समस्या उस्तै रहेको अनुभव सुनाए। ‘एउटा जिल्लाको समस्या अर्को जिल्लाले समाधान गर्न सक्छ,’ उनले भने।
देशको वर्तमान अवस्थालाई उनले हेटौँडा सिमेन्ट कारखानासँग तुलना गरे।‘मेसिन छ, खानी छ तर पनि बन्द छ,’ भन्दै उनले उपलब्ध स्रोत र संरचना हुँदाहुँदै पनि देशले अपेक्षित प्रगति गर्न नसकेको टिप्पणी गरे।उनले नेपाली कांग्रेसका नेता विनोद चौधरी मालिक रहेको वाइवाइ चाउचाउको पनि प्रसंग झिके । ‘अब हामीले हेटौँडा सिमेन्ट कारखाना र देशलाई पनि नेपाली कांग्रेसको वाइवाइ कारखाना जस्तै बनाउनुपर्‍यो’, उनले भने, ‘त्यसो भएमा हामी वाइवाइ जस्तै संसारभरका देशमा हाम्रा उत्पादन लैजान सक्छौँ ।’सभामा उनले रवि लामिछाने यहीँबाट उम्मेदवार रहेको उल्लेख गर्दै अनावश्यक तनाव नलिन आग्रह गरे। ‘अब हामी सबै मिलेर देश बनाउने हो,’ उनले भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x