सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाहरूको भुमिका महत्वपूर्ण रहेको बताएकी छन्।

देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उनले निर्वाचनका लागि सकारात्मक वातावरण निर्माण गर्न आयोग मात्र नभई सबै पक्षको सहयोग उत्तिकै आवश्यक रहेको बताएकी हुन् । आयुक्त डा. तुलाधरले आयोगले संघ, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिइन् । आयुक्त तुलाधरले निर्वाचनका प्रमुख साझेदारका रूपमा रहेका राजनीतिक दलहरूसँग पनि आयोगले निरन्तर छलफल गरिरहेको बताइन् । देश निर्वाचनमय भइसकेको र फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न सबै नेपालीहरु उत्सुक रहेकाले शान्तिपुर्ण वातावण निर्माणमा सबैले आ–आफ्ना स्थानबाट योगदान गर्ने विश्वास आयोगले लिएको उल्लेख गरिन् ।

उहाँले भन्नुभयो,‘निर्वाचन भनेको निर्वाचन आयोगले मात्रै सम्पन्न गर्न सक्दैन, यसको स्टेकहोल्डरहरुको पनि भूमिका त्यत्तिकै रहने हुँदा हामीले संघ, प्रदेश र स्थानीय सरकारहरुसँग सहकार्य गरेका छौँ । त्यसै गरेर हामीले राजनीतिक दलहरुसँग पनि छलफल गरेका छौँ । उहाँहरुले गर्नुभएको सहयोग पनि हामीले अनुभूत गरिरहेका छौँ । यो निरन्तर रहिरहोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु । यसकारणले संघ, प्रदेश स्थानीय सरकार लगायत राजनीतिक दल, सम्पूर्ण स्टेकहोल्डरको समन्वय सहकार्यले हामी निर्वाचन सफल गर्नसक्छौँ भन्ने विश्वस्त रहेको छ । तपाईंहरुले देखिसक्नुभएको छ, देश निर्वाचनमय भइसकेको छ । निर्वाचनका लागि सकारात्मक वातावरण बनाउन तपाईं हामी सबैको भुमिका महत्वपूर्ण रहेको छ । यहाँहरुकै साथ, समर्थन र सहयोगले नै हो हामी फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न गईरहेका छौँ ।’

आयुक्त डाक्टर तुलाधरले निर्वाचनको सफलताका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको औंल्याउँदै उनले संघ, प्रदेश र स्थानीय सरकार लगायत राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूको समन्वय र सहकार्यले मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उल्लेख गरिन्। आयुक्त डाक्टर तुलाधरले निर्वाचनको सफलताका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको औंल्याउँदै उनले संघ, प्रदेश र स्थानीय सरकार लगायत राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूको समन्वय र सहकार्यले मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x