चिनसँगको सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ति सुरू
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको छ । चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका–६ को लिमी लाप्चामा पैदल गस्ती गरेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक मञ्जुल खडकाको कमाण्डमा ७ जनाको टोली नाम्खा गाउँपालिका– ५ र ६ वस्तुस्थिति बुझ्न पैदल गस्ती सुरू गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
निर्वाचन नजिक आउँदा हिल्सा नाका हुँदै नेपाल प्रहरी लिमि लाप्चा गस्तिमा पुगेको जनाइएको छ । दुर्गम क्षेत्रको वस्तुस्थिति बुझ्न टोली पैदल गस्तीमा खटिएको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE