३० आश्विन २०८३, शुक्रबार

बिहान १० बजेसम्म १० लाख बढीले गरे मतदान

0
Shares


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मतदान जारी छ । बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो ।

बिहान १० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

बिहान १० बजेसम्म १० लाख ६५ हजार १२० मत खसेको आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जानकारी दिए ।यो करिब ६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।यसपालिको निवार्चनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।