जाजरकोटमा १० हजार ३ सय ६६ मत खस्यो
काठमाडौं । जाजरकोटमा हालसम्म १० हजार ३ सय ६६ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सुरु भएदेखि उक्त संख्यामा मत खसेको जानकारी दिइएको हो ।
कार्यालयका अनुसार हालसम्म ४ हजार ५ सय ७७ महिला र ५ हजार ७ सय ८९ पुरुषले मतदान गरेका छन् ।
जिल्लामा कुल १ लाख ७ हजार ९१ मतदाता रहेका छन्। विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE