शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

अब राष्ट्रिय सभाको भुमिका बढ्योः सांसदहरु

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरुले मुलुकमा विकसित पछिल्लो परिस्थितिमा राष्ट्रिय सभाको भुमिका बढ्दै गएको बताएका छन् ।सोमबार २० फागुनमा कार्यकाल सकिएका सांसदहरुको बिदाईका लागि राखिएको समितिको बैठकमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले ऐन र कानून निर्माणको क्षेत्रमा संसदको माथिल्लो सदनको भुमिका बढेको बताइन् ।

उनले अगामी दिनमा सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर हुन जरुरी रहेको उल्लेख गरिन् । संविधान संशोधन जस्ता महत्वपूर्ण मुद्दाहरु र नयाँ ऐन, कानून बनाउनुपर्ने मुद्दाहरुमा सभाको स्ट्याण्ड के हुने भन्ने विषयमा गृहकार्यमा जुट्न जरुरी रहेको उनको भनाइ छ ।
उनले भनिन्, “अहिले बदलिएको परिस्थितिमा यो सभाको भुमिका अझै बढेर गएको छ ।

अब हामीले अगामी दिनमा कसरी आफूलाई प्रश्तुत गर्छौं । यद्यपि कानून निर्माणको दृष्टिले हाम्रो हाउसलाई त्यति धेरै अधिकार दिएको छैन । तरपनि संविधान संशोधन जस्ता महत्वपूर्ण मुद्धाहरु र नयाँ ऐन कानून बनाउनुपर्ने मुद्दाहरुमा हामीले गम्भीरतापूर्वक यो विषयलाई लिनुपर्छ ।”नेपाली काँग्रेसका सांसद पदमकुमार परियारले सभाअन्तर्गको यस समितिले कार्यसम्पादनको गति बढाउन जरुरी रहेको बताए । उनले कानून निर्माणदेखि अन्य निर्णयको सवालमा समितिले प्रभावकारी काम गर्नुपर्ने उल्लेख गरे । समितिको हालकै कार्यसम्पादन शैलीले प्रभावकारी काम गर्न नसकिने उनको भनाइ छ ।
उनले भने, “अगामी दिनमा हामीले सिक्नुपर्ने कुरा के छ भने अगामी दिनमा हामीले समितिको यही गतिको काम पर्याप्त हुदैन । यसको गति अलिकति बढाउनुपर्ने हो कि रु त्यतातिर हामी सबैले सोच्नुपर्नेछ ।”

नेकपा एमालेकी सांसद सुमित्रा बी।सी।ले पछिल्लो निर्वाचन परिणामलाई कुनैपनि दलले असहज रुपमा लिन नहुने बताइन् । उनले मुलुकमा प्रत्येक दश वर्षमा कुनै न कुनै राजनीतिक दलले बहुमतच ल्याउँदै आएको उल्लेख गर्दै सभाको प्रभावकारिता बढाउन सबैले मेहनत गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन्, “हाम्रो देशमा प्रत्येक १० वर्षमा एउटा एउटा लहर आउने रहेछ । २०४८ तिर नेपाली काँग्रेसको बाहुल्यता थियो । २०५४ सालमा स्थानीय तहको निर्वाचन हुने बेलामा नेकपा ९एमालेको लहर आयो । २०६४ सालमा तत्कालीन नेकपा ९माओवादी०को आयो । र अहिले पनि परिवर्तको पक्षमा लहर आएको छ । यो बीचमा भएका घटनाहरुका पक्षमा म धेरै व्यख्या गर्दिनँ । जे होस् गत २३ र २४ भदौको आन्दोलनको जगमा टेकेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो ।

यो चुनावी नतिजालाई हामीले अन्यथा लिएका छैनौँ । पञ्चायत समेत भोगेको भएर हामीलाई यो नतिजा पचाउन सजिलो भएको छ ।”
समिति सभापति मायाप्रसाद शर्मासहितका राष्ट्रिय सभा कार्यकाल सकिएका सदस्यहरुको विदाई गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x