आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

चुनावका कारण रोकिएको बजार अनुगमन शुरू

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुमगन पुनः शुरू भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवम् सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x