३० आश्विन २०८३, शुक्रबार

काठमाडौँमा ग्यास अभाव, डिपोमा सर्वसाधारणको लाइन

0
Shares


काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ पत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् ।

ग्यास अभावका कारण उपभोक्ताहरू ग्यास लिनका लागि काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास वितरण केन्द्रमा लाइन बस्न बाध्य भएका छन्। बिहानैदेखि उपभोक्ताहरू सिलिन्डर बोकेर लाइनमा बसेका दृश्य देख्न सकिन्छ।