बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

आर्मीलाई हराउँदै एपीएफ राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा

काठमाडैं । राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा हिजो भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

यो जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक रहेको मछिन्द्र दोस्रोमा झरेको छ भने १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा यथावत् छ । एपीएफको जितमा सबिन गुरुङले गोल गरे । उनले

खेलको ७६औँ मिनेटमा गोल गरे ।

राष्ट्रिय लिगमा हिजै भएका खेलमा चर्च ब्वाइजले काँक्रेबिहार क्लबलाई २–१ गोलले हराउँदा सङ्कटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले हरायो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x