सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

उनको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ थिए। गएराति अप्ठ्यारो महशुस भएपछि उनलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।

मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आएका थिए। गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उनको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उनी झापा फर्किएका थिएनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x