सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सर्वोच्च अदालतद्वारा कन्चन बिच्छाको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाबाट निष्कासित मधेश प्रदेश सभा सदस्य कन्चन बिच्छाको रिट खारेज गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाईपछि शुक्रवार रिट खारेज भएको हो ।

नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा पार्टीको निर्देशनविपरित सहभागी भएपछि उनलाई फिर्ता बोलाएको थियो ।

पार्टीको निर्देशन नमानेपछि उनीमाथि अनुशासनको कारवाही गर्दै राप्रपाले प्रदेश सभा सदस्यबाट पदमुक्त गराएको थियो ।
समानुपातिक सांसद बिच्छा आफ्नो पद बहालीको माग लिएर सर्बोच्चमा गएकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x