बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

एशियाड फन रन सम्पन्न

काठमाडाैं । नेपालकी चर्चित कराते खेलाडी एरिका गुरुङसँगै विभिन्न खेलका राष्ट्रिय टोलीका सदस्यहरूको उत्साहजनक सहभागितामा शनिवार एशियन गेम्स फन रन सम्पन्न भएको छ ।

जापानाको आइची नागोया शहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ४ सम्म एसियाली खेलकुदको २० औं संस्करण आयोजना हुँदै छ । सोही एशियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका लागि शनिवार ललितपुरमा तीन किलोमिटरको फन रन हुने भएको । ओलम्पिक काउन्सिल अफ एशिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको फन रन सातदोबाटोस्थित एनओसी भवनमा एक कार्यक्रम बीच शुरु भएको थियो । करातेकी एरिका गुरुङसँगै एसियाली खेलकुदको तयारीमा रहेका विभिन्न खेलका खेलाडीहरू उक्त फन रनमा उत्साहजनक रूपमा सहभागी भए ।

साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के र डा. मधुसुधन सुवेदी, ओलम्पिक काउन्सिल अफ एशियाका डिपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पिआर निर्देशक फुमिहितो कानाइजुका र सोही विभागका म्यानेजर मानामी ओकुमुरा सहभागी थिए । उक्त फन रन बिएन बी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबही, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मङ्गलबजारमा पुगेर टुङिगएको थियो । विभिन्न खेलका प्रशिक्षकसँगै ओलम्पियन, खेल संघका पदाधकारी, कुटनीतिज्ञ, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी गरी करिव एक हजारले दौडमा सक्रिय रूपमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फर रन आइची नागोया एशियाडको प्रवद्र्धनका लागि मात्र नभइ जापानमा हुने आगामी एशियाडमा नेपालको सहभागिता सन्देश दिलाउन र सो एशियाडको सफलताको कामनका लाग आयोजना गरिएको बताए । एनओसीका महासचिव राजीव श्रेष्ठले फन रन सफल बनाउने सबै पक्षलाई धन्यवाद दिँदै यो स्थानीय सामुदायिक सहभागितासहित ओलम्पिकको मान्यता र भावना बुझाउने अभियान पनि रहेको धारणा व्यक्त गरे । फन रनको समापन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।

एनओसीले ओलम्पिक फन रनको आयोजना गरेको यो लगातार तेस्रो संस्करण हो । आगामी २० औं एसियाली खेलकुदमा कुल ४३ खेलअन्तर्गत ६८ विधाका चार सय ६१ इभेन्टमा पदकका लागि प्रतिष्पर्धा हुनेछ । आइची नागोया एशियाडमा कुल ५३ प्रतियोगिता स्थल छन् । आगामी एशियाडमा केही समयअगाडि मात्र प्याडल र टेकबल गरी दुई खेल थप गरिएको छ । नेपालले आगामी एसियाली खेलकुदमा सहभागिताका लागि ३२ खेल दर्ता गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x