आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

वागमतीमा ढल मिसाउँदा देशलाई अभिशाप लाग्यो, शुद्धीकरणका लागि ४० दिने ‘दिव्य देव यात्रा’ गरिने

काठमाडौं । पशुपतिनाथको चरणमा बग्ने पवित्र वागमती नदीमा ढल मिसाएर ‘शिव अपराध’ गरेको भन्दै यसबाट राष्ट्रलाई मुक्त गर्न ४० दिने ‘दिव्य देव यात्रा’ ९पदयात्रा० आयोजना गरिने भएको छ ।

देवघाटधामस्थित महेश सन्यास आश्रमका अध्यक्ष १००८ स्वामी रमणानन्द गिरीले वागमती शुद्धीकरण र आध्यात्मिक जागरणको माग गर्दै उक्त पदयात्राको घोषणा गरेका हुन । भारतको अयोध्यामा रामललाले आफैँ मुद्दा लडेर अधिकार पाएको दृष्टान्त दिँदै स्वामी गिरीले पशुपतिनाथको पनि ‘देवाधिकार’ रहेको स्पष्ट पारे । राज्य र उपत्यकाका नागरिक दुवैलाई झक्झकाउन सन्तहरूको अगुवाइमा ‘धर्मादेश’ जारी गरिने बताए ।

उनले भने, ‘वागमतीमा ढल मिसाइएपछि नेपालमा हत्या, हिंसा, विग्रह र अशान्ति बढेको छ, यो शिवद्रोह र अपराधको परिणाम हो । वागमती पशुपतिनाथको हो, यहाँको शुद्ध जलमा स्नान गर्न पाउनु भगवानको अधिकार हो । मान्छे र राजधानी त पछि आएका हुन् । हाम्रो धर्मादेश न्यायालयको परमादेशभन्दा माथि हुन्छ, किनकि यो कुनै बहुमतले परिवर्तन हुने कानून होइन, शाश्वत र सनातन आस्था हो ।’

करिव ३५ देखि ४० दिनसम्म चल्ने यस परिक्रमा यात्रामा १०० जनाभन्दा बढी साधुसन्त, व्रह्मचारी, बटुक र श्रद्धालुहरूको निरन्तर सहभागिता रहनेछ । कार्यक्रमअनुसार आगामी १५ गते साँझ पशुपतिनाथमा वागमतीको महाआरती, गंगा पूजन र प्राज्ञिक उद्बोधन सभा हुनेछ । १६ गते साँझ कुशेश्वर पुगेर १७ गते बिहान कुशेश्वरबाट मुख्य पदयात्राको आरम्भ गरिनेछ । यात्राका क्रममा गाउँ र शहरहरूमा धर्मसभा तथा जागरणका कार्यक्रमहरू आयोजना गरिनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x