सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

एनआरएन ऐन परिमार्जन गर्दै सरकार, ‘फरेन गेटवे सेन्टर’ र ‘एकीकृत तथ्याङ्क प्रणाली’ निर्माण गरिने

काठमाडौं । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा भित्र्याउन सहज वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले नीतिगत र कार्यगत सुधारका कामहरू तिब्र पारेको छ ।

अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली लक्षित विभिन्न नयाँ संयन्त्र र कानून निर्माणको काम अघि बढाएको जानकारी दिएका हुन् ।

गैरआवासीय नेपाली संघको १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परराष्ट्र मन्त्रालयमा ‘श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा’ स्थापना गरी काम शुरु भइसकेको घोषणा गरे। महाशाखाले प्रवासी नेपालीहरूका समस्या समाधान र नीतिगत सुधारमा प्रत्यक्ष काम गर्नेछ । लगानीको वातावरण सहज बनाउन र नेपालको संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेको अधिकार सुनिश्चित गर्न ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४’ परिमार्जनको प्रक्रिया अघि बढेको मन्त्री शर्माले जानकारी दिए। मन्त्री शर्माले आगामी दिनमा सरकारले विदेशमा रहेका नेपालीहरूको यकिन विवरण राख्न ‘एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली’ को विकास गर्ने योजना रहेको समेत बताए ।

उनले भने, ‘परराष्ट्र मन्त्रालयले श्रम आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धमा समन्वय महाशाखाको स्थापना गरी नीतिगत तथा कार्यगत सुधारका निमित्त पहलहरू अगाडि बढाउँदै आएको छ । गैरआवासीय नेपालीहरूलाई नेपालको संविधानले प्रदान गरेको अधिकारको सुनिश्चितताका निमित्त गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ लगायत लगानीको वातावरण सहज बनाउनका लागि आवश्यक कानून सुधार गर्न अन्तरनिकाय समन्वय, छलफल र सहजीकरण यस मन्त्रालयको नेतृत्वदायी भुमिकामा भइरहेको छ । यसै विषयमा मन्त्रालय र गैरआवासीय नेपाली लगायत नेपालका सरोकारवाला निकायहरूसँग हालैमात्र उपलब्धिमूलक छलफल भएको छ । आगामी दिनमा विदेशमा रहेका नेपालीहरूको एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणालीको विकास, ‘फरेन गेटवे सेन्टर’ सञ्चालन जस्ता पहलहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइनेछ ।’

साथै, गैरआवासीय नेपालीहरूको सीप र लगानीलाई नेपालसँग जोड्न ‘फरेन गेटवे सेन्टर’ सञ्चालनमा ल्याइने र यस्ता पहलहरूलाई प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिवद्धता मन्त्री शर्माले व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x