आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राखेर प्रदर्शन गरिएको छ ।

जेनजी आन्दोलनमा अग्रभागमा देखिएकी रक्षा बमसहितले माइतीघरमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै प्रदर्शन गरेका हुन् ।उनीहरूले देशका विभिन्न घटनाको छानबिन गर्न समिति बन्ने र उक्त समितिले प्रतिवेदन सरकारलाई बुझाउने गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रश्न उठाएका छन् ।

सरकारले जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x