कांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
काठमाडौं। नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ ।आईतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ ।सोहीअनुसार सांसदहरु छानेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकोले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए ।
विभिन्न कलष्टर मिलाएर समानुपातिक सांसद छानेको र आईतवार नै निर्वाचन आयोगमा बुझाइएको उनले जानकारी दिए । उनकाअनुसार आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ । पार्टीले पठाएको नामलाई निर्वाचन आयोगले रुजु गरेर सार्वजानिक गर्ने उनको भनाइ छ ।
प्रवक्ता चालिसेले निर्वाचनको समिक्षाको लागी केही दिन भित्रै केन्द्रिय कार्य समितिको बैठक बोलाउने जानकारी दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE