प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी नेकपा ले नौजना उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा पठाएको छ ।समानुपातिकतर्फबाट ५ पुरूष र ४ महिलासहित नौजनाको नाम सांसदका रुपमा पठाइएको हो ।
नेकपाले संयोजक प्रचण्ड पक्षका ७ र सह–संयोजक माधवकुमार नेपाल पक्षका दुईजनाको नाम पठाएको हो ।नेकपा संयोजक प्रचण्डले आफूनिकट बलावती शर्मा, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, पर्शुराम तामाङ, जोगकुमार बर्बरिया यादव, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई प्रतिनिधि सभामा पठाउने निर्णय गरेका छन् ।
उता सह–संयोजक नेपाल पक्ष प्रमेश हमाल र गणेश विश्वकर्मालाई समानुपातिकमा पठाइएको छ । एकीकृत समाजवादीका वरिष्ठ नेता हमाल र सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रतिनिधिसभामा जाने भएका हुन् ।एकीकृत समाजवादीबाट नेकपामा आएकामध्ये डोल्पाबाट धनबहादुर बुढाले प्रत्यक्षतर्फ चुनाव जितेका छन् । तर संयोजक न नेपाल आफैँले भने चुनाव हारेका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE