आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

ड्रोन आक्रमणबाट आगो फैलिएपछि संसारकै व्यस्त दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । मध्यपूर्व युद्धको तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको अधिकारीहरुले बताएका छन् ।

विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान रद्द गरिएइको हो । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धका कारण संसारभरका हवाइ उडानहरुको ट्रान्जिट मानिने मध्यपूर्वका देशहरु प्रभावित भएका छन् ।

संसारकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौं उडान र लाखौं यात्री प्रभावित भएका छन् । यो विमानस्थलबाट सन २०२५ मा एक वर्षमा मात्रै ९ करोड यात्रीले यात्रा गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x