सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा रुजु गर्दै निर्वाचन आयोग

काठमाडौं । चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका १ सय १० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया सुरु गरेको छ ।

सदर मतमध्ये सबै भन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना सांसदको सूची हिजो आयोगमा पेस गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४÷४ जना उम्मेदवारको सूची क्लस्टर मिलाएर पेस गरेका छन् ।

क्लस्टर अर्थात् समावेशी समूह अनुसार सूची मिले÷नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । दलहरूले बुझाएको सूचीमा त्रुटि नभए आज नै निर्वाचितको सूची सार्वजनिक गर्ने आयोगको तयारी छ ।

दलहरूले समावेशी समूह अनुसार बुझाएको सूचीमा केही त्रुटि भएमा मिलाएर पठाउन फेरि समय दिनुपर्ने आयोगको भनाइ छ । सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि नयाँ सरकार बनाउने बाटो खुल्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x