आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको छ । उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाउने तयारी छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि विरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ताको निवेदन अदालतमा पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने भएका छन् ।

मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् । यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि रविविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x