शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ ।

मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइन मार्फत आवेदन दिन दूतावासले अनुरोध गरेको हो । सरकारले द्वन्द्वग्रस्त मध्यपूर्वमा अलपत्र रहेका नेपालीहरूलाई सम्बन्धित देशमा रहेका दूतावासमार्फत उद्धार गर्ने निर्णय गरेको छ ।

यसैबीच यूएईमा रहेका नेपालीलाई युद्धका दृश्यहरु खिच्ने र सार्वजनिक गर्ने काम नगर्न अवुधावीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x